शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मह बेचेर दीपकुमारले एक याममै कमाए १२ लाख रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २३ २०८१
images
images
मह बेचेर दीपकुमारले एक याममै कमाए १२ लाख रुपैयाँ

नेपाल मौरीपालक महासंघ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ। तोरी स्रोतको पाँच सय रुपैयाँ र जङ्गली स्रोतको ६ सय रुपैयाँमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ।

images
images

दाङ- घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन्। उनले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो। एक याममा १२ लाख रुपैयाँको मह बेच्ने उहाँको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ। 

images
images
images

उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए।

images
images

'परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा  नै आएर लैजान्छन्', किसान मगरले भने, 'मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु।' उनको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन्। 

images
images
images

मौरीपालनबाट उनी वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। दुई-तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उनले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताए।

उनले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए। व्यावसायिक रूपमा मौरीपालन थालेदेखि  हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ। 

साथै उनले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गरेका छन्। ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उनले बताए। 

नेपाल मौरीपालक महासंघ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ। तोरी स्रोतको पाँच सय रुपैयाँ र जङ्गली स्रोतको ६ सय रुपैयाँमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २३ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend