शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बीआरआई सम्झौता कांग्रेसकाे सहमतिमै भएकाे हाे : गृहमन्त्री लेखक

images
शनिबार, मंसिर २२ २०८१
images
images
बीआरआई सम्झौता कांग्रेसकाे सहमतिमै भएकाे हाे : गृहमन्त्री लेखक

'नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआईसम्बन्धी थप सम्झौता गरेकाे छ। याे सम्झौता नेपाली कांग्रेसकाे धारण सल्लाह र सहमतिअनुसार भएकाे हाे। यसमा अन्यथा साेच्न जरुरी छैन,' उनले भने।

images
images

विराटनगर- गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआईसम्बन्धी थप सम्झौता कांग्रेससँगैकाे सहमतिमा भएकाे बताएका छन्। नेपाली कांग्रेस काेशी प्रदेशकाे प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसकाे धारणा, सल्लाह र सहमतिमा भएकाे बताएका हुन्।

images
images
images

'नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआईसम्बन्धी थप सम्झौता गरेकाे छ। याे सम्झौता नेपाली कांग्रेसकाे धारण सल्लाह र सहमतिअनुसार भएकाे हाे। यसमा अन्यथा साेच्न जरुरी छैन,' उनले भने।

images
images

गृहमन्त्री लेखकले मुलुककाे समग्र विकास गर्नका लागि आर्थिक सहायता लिन आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए। 'कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नुभएकाे छ। अब यसकाे ठीक कार्यान्वयनमा लाग्नुपर्छ,' उनले भने।

images
images
images

यस्तै कांग्रेस र एमाले मिलेर बनेकाे राजनीतिक समीकरणकाे लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेकाे उनले बताए। 'त्यस समीकरणकाे धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन्। याे समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेकाे हाेइन,' उनले भने, 'याे स्थायित्वका लागि बनेकाे हाे। यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेकाे छ। देशमा दिगाेशान्ति, सुशासन, विकास र समृद्धिका लागि याे समीकरण बनेकाे हाे।' 

संविधान संशोधनकाे विषय उठेकाे भन्दै संघीय लाेकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए। संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ। कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखककाे जाेड थियाे। 

'वर्तमान व्यवस्थामाथि आक्रमण हुँदैछ। याे संविधानमाथि आक्रमण हुँदैछ। यसलाई सुरक्षित गर्नु कांग्रेसकाे पहिलो दायित्व हाे,' उनले भने, 'नेपाली कांग्रेस बलियो नभएर लाेकतन्त्र र याे व्यवस्था बलियो हुँदैन। काेशी प्रदेशकाे प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा काेसेढुंगा सावित हुनेछ।'


प्रकाशित : शनिबार, मंसिर २२ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend