शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मधेस प्रदेशमा बढ्यो धान उत्पादन

images
शनिबार, मंसिर २२ २०८१
images
images
मधेस प्रदेशमा बढ्यो धान उत्पादन

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालु आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ। सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा उत्पादन भएको छ।

images
images

जनकपुरधाम- मधेस प्रदेशमा चालु आर्थिक वर्षमा १५ लाख दुई हजार चारसय ५८ मेट्रिकटन धान उत्पादन भएको छ। गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो।

images
images
images

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए। रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको तर्क छ। गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुईसय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो।

images
images

गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालु आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ। सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ।

images
images
images

सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए।

यसैबीच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend