बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

images
शनिबार, मंसिर २२ २०८१
images
images
चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
फाइल तस्बिर

पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन्।

images
images

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका-२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ। पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन्।

images
images

होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्दै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, 'नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ।'

images
images

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको बताए। उनले घुर्केश गाउँमा पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए।

images
images

होमस्टे प्रवर्द्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, वेशभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्‍याउने बताइएको छ। घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ।

पूर्व-वडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेका थिए। त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि बैंक घर भनेर चिनिन्छ। सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ।

यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनी बताउँछन्। तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन्। इच्छाकामनाको पर्यटकीयस्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवामगन बृद्धि हुने जनाइएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend