शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बुध्द एयरले थप्यो १९औँ एटीआर जहाज

images
शुक्रबार, मंसिर २१ २०८१
images
images
बुध्द एयरले थप्यो १९औँ एटीआर जहाज

नयाँ आएको जहाज एटीआर-७२ हो।

images
images

काठमाडौं- बुध्द एयरले आज ६ डिसेम्बरका दिन १९औँ एटीआर जहाज भित्र्याएको छ। नयाँ आएको जहाज एटीआर-७२ हो।

images
images
images

यससँगै एटीआर-७२ जहाजको संख्या १६ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुध्द एयरले जनाएको छ।

images
images

बुध्द एयरले कल साइन ९एन-एओजी जहाज फ्रान्सको एटीआर कम्पनी तुलुसबाट भित्र्याएको छ।

images
images
images

बुध्द एयरसँग ३ वटा एटीआर-४२-३२० र १६ वटा एटीआर-७२-५०० जहाजहरु रहेका छन्। बुध्द एयरले केही समय अगाडि मात्रै एउटा एटीआर-४२-३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो। त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो। बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन्। हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौँ।'

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ।

बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १ सय ४० भन्दा बढी उडान भरिरहेको छ।

अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ।


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend