काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
बिहीबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार घटेर १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आज शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।