शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

क्यालिफोर्नियामा ७ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पको धक्का

images
शुक्रबार, मंसिर २१ २०८१
images
images
क्यालिफोर्नियामा ७ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पको धक्का

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युड मापन भएको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ। उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो।

images
images

काठमाडौ- अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युड मापन भएको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ। उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

images
images
images

फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ। यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ।

images
images

भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो। तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ।

images
images
images

स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो।


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८१०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend