शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

images
बिहीबार , मंसिर २० २०८१
images
images
ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालयअन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताए।

images
images

काठमाडौं- सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिएका छन्।

images
images
images

आज जमलस्थित प्राविधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिँदै सेवा प्रदायकसँग समन्व्य गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिएका हुन्।

images
images

मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालयअन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताए। उनले सुशासन कायम र्गका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताए।

images
images
images

सबै स्थानीय त र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागु गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो। उनले यस वर्ष जसरी भए पनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन दिए।

त्यसअवसरमा उनले काठमाडौं महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत जानकारी दिए। साथै आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको उल्लेख गरे।

मन्त्री गुरुङसँगै अनुगमन पुगेकी सञ्चार सचिव राधिका अर्यालले प्राधिकरणको नियमनकारी भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिइन्। 'सुरुवात भएका केही परियोजना लामो समयदेखि सम्पन्न हुन सकेका छैनन भने नयाँ परियोजनामा प्रवेश गर्न सकिएको छैन,' उनले भनिन्, 'सुरु गरिएका काम पूरा गर्नेतर्फ ध्यान दिनुहोला।'

उनले दूरसञ्चार ऐन २०५३ संशोधनको प्रक्रियामा रहेको र यसका केही विषयमा बृहत छलफल आवश्यक रहेको समेत धारणा राखिन्।

त्यस अवसरमा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले कार्यालयका समस्या, कार्य चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए। उनले भाडाको घरमा बस्दै आएको प्राधिकरणको आफ्नै भवन बनाउन आवश्यक रहेको मन्त्रीसमक्ष सुनाए। यसका लागि जग्गा र बजेटको समेत व्यवस्थापन कार्य थालनी भएको बताए

मन्त्री गुरुङले पनि प्रविधिको विकास गर्न भौतिक संरचनाको व्यवस्थापन पहिलो आवश्यकता भएकाले भवन निर्माणमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाए। रासस 


प्रकाशित : बिहीबार , मंसिर २० २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend