शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पाल्पामा सुन्तला महोत्सव हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २० २०८१
images
images
पाल्पामा सुन्तला महोत्सव हुँदै

महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने छ। सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ।

images
images

पाल्पा- पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ। 

images
images
images

महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाख रुपैयाँका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए।

images
images

महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए। सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ।

images
images
images

महोत्सव रैनादेवी छहरा गाउँपालिका-५ कनौजेपानी खेलमैदानमा हुनेछ। गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा  सुन्तला महोत्सव भएको थियो। महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने जानकारी उनले दिए। 

रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन्। उनीहरूले गत वर्ष ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २० २०८१११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend