बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

नेपालपे क्यूआर र आईसीटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

images
बुधबार, मंसिर १९ २०८१
images
images
नेपालपे क्यूआर र आईसीटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

आईसीटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको छ।

images
images

काठमाडौं- नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आईसीटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर आबद्ध भएको छ।

images
images
images

यसका लागि एनसीएचएल र आईसीटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो। उक्त अवार्ड कार्यक्रम पुस ५, २०८१ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुन लागेको छ। कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ।

images
images

एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवर्द्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ।

images
images
images

आईसीटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको छ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआरले क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन्। ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आईपीएसबाट नेपालपे क्यूआरमा सहजै भुक्तानी गर्नसक्ने छन्।


प्रकाशित : बुधबार, मंसिर १९ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend