बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?

images
शुक्रबार, माघ ७ २०७८
images
images
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?
images
images

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले संयुक्त रुपमा शुक्रबार राति १२ बजेदेखि सार्वजनिक सवारी र निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लाग गर्ने निर्णय गरेका हुन्। उक्त निर्णयमा अहिले विरोध भइरहेको छ। तर सीडीओहरुले भिडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताउँदै आफ्नो निर्णय बचाउँ गरिरहेका छन्। यसै विषयमा न्युज एजेन्सी नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडाैंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसँग गरेको कुराकानी

images
images
images

सार्वजनिक सवारी र निजी सवारीमा किन जोरबिजोर प्रणाली लागु गरियो?

images

भिडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको हो। सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहर प्रशासनको हो। 

images
images

भिडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको र यसलाई न्यूनीकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो। यसका साथै अत्यावश्यक काममा हिडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ। तथापी संक्रमणको यो स्तरको वृद्धि हुँदा पनि सामाजिक रुपमा त्यसले अझ पनि मानिसहरुको आवत्जावत्, हिडडुल, भिडभाड अझ पनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो। यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरुको गतिविधिलाई, भिडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मक्सद हो।

images
images

अत्यावश्यक सेवामा त असर गर्दैन नि?

सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा पर्दैन। सवारी साधनको चापका कारण भिडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको छ। सवारी साधन कम चल्दा भिडभाडजन्य गतिविधि कम हुने हाम्रो विश्वास छ।

अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन। त्यस विषयमा हामी छलफल पनि गर्दैछौँ। अन्य हिडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन। यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भिडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ। उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो।

जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझपनि मानिसहरुमा धारणा नबनिसकेको देखियो। त्यसकारण अत्यावश्यक काममा हिड्ने नागरिकहरुलाई अहिलेपनि अप्ठ्यारो, बाधा छैन। सवारी साधनको सीमिततालाई भिडभाडजन्य गतिविधिमा निरुत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो।

आदेश मात्रै जारी गरेर तर्साउने काम भएको छ भन्छन्। अनुगमन कसरी भइरहको छ?

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन भइरहेको छ। आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हो।

images

प्रकाशित : शुक्रबार, माघ ७ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend