शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

images
मंगलबार, मंसिर १८ २०८१
images
images
सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

उनले भने, 'नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ।'

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना-प्रविधि (आईटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन्।

images
images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उनले नेपालमा लगानीको सुरक्षा रहेको तथा आईटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गरेका हुन्। उनले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताए।

images
images

टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, 'नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ।'

images
images
images

सूचना-प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरु पनि राखेको जानकारी दिए। ती सर्त पालना गरेर नेपालमा टिकटक पुनः सञ्चालनमा आएको उनले बताए।

सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक रहेको बताए। मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताए।

टिकटकले डिजिटल सुरक्षा अभियान, तालिम र कार्यशाला, स्थानीय सामग्री उत्पादनमार्फत डिजिटल साक्षरता बढाउन, शैक्षिक सामग्री तयार गर्न, छात्रवृत्ति प्रदान, शैक्षिक प्रतिष्ठानमा स्मार्ट कक्षाकोठा सञ्चालनका माध्यमबाट मुलुकको शैक्षिक प्रणालीको आधुनिकीकरणमा सघाउ पुर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुरुङले बताए।

देशको पर्यटन प्रवर्द्धनमामा सघाउने, आईटीको विकासमा योगदान गर्ने, सांस्कृतिक र शैक्षिक उन्नतिमा जोड दिनेलगायत सर्त सरकारले टिकटकसँग राखेको जानकारी मन्त्री गुरुङले दिए। सरकारले राखेका ती सर्त पालना गरेकाले टिकटक नेपालमा दर्ता भइ पुनः सञ्चालनमा आएको बताए।

'टिकटकले सामाजिक आर्थिक विकासका साथै मर्यादित समाजिक सञ्जालको छवि कायम गर्छ भन्नेमा विश्वस्त छौँ', उनले भने, 'नेपाल सरकारले आगामी दशकलाई आईटी दशकका रूपमा घोषणा गरिसकेको तथा देशलाई सूचना- प्रविधिको हबका रूपमा विकास गर्ने लक्ष्य छ।'

उनले आईटीका माध्यमबाट पाँचदेखि १० लाख रोजगारीका अवसर सृजना गर्ने सरकारी लक्ष्य पनि सुनाए।

फरक प्रसंगमा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालहरू मुलुकको मौजुदा ऐन, कानून र कार्यविधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले बढ्दो ‘साइबर’ अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए। महिला तथा बालबालिका यसबाट बढी प्रभावित भएकामा चिन्ता व्यक्त गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सही उपयोगमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend