बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछ : पर्यटनमन्त्री पाण्डे

images
मंगलबार, मंसिर १८ २०८१
images
images
विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछ : पर्यटनमन्त्री पाण्डे

मन्त्री बद्री पाण्डेले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए।

images
images

ललितपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गरेका छन्।

images
images
images

सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा यहाँ आयोजना गरेको चौथो ललाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उनले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए।

images
images

'हामीले विभिन्न देशका कला चिन्नेछौँ, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौँ, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छाैँ', मन्त्री पाण्डेले भने।

images
images
images

विद्यालयको कक्षा कोठामा सिकिरहेका उनले विद्यार्थीहरुलाई विभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा बृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए। 'विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ', उनले भने।

मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिए। 

रविन्द्रनाथ टैगोर, बालकृष्ण सम, विपी कोइरालालगायतले सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढेको उनको भनाइ थियो। उनले नाट्य क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले आफूलाई परिस्कृत गर्दै अगाडि बढाउनुपर्ने समेत बताए।

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको उल्लेख गरे। उनले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यस किसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे।

नेपाल, भारत, बंगालादेश, श्रीलंका, जर्मनी, स्टोनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीले चार दिनमा १९ वटा नाटकका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्च माध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईँले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend