शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता नेपालको औपचारिक भ्रमणमा आउँदै

images
मंगलबार, मंसिर १८ २०८१
images
images
अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता नेपालको औपचारिक भ्रमणमा आउँदै

सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलंका, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन्।

images
images

अमेरिका- अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। 

images
images
images

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानेछन्।

images
images

सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलंका, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन्। उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ। 

images
images
images

नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन्।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend