काठमाडौं- नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न नौ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायतका विषयमा दुई देशबीच सहकार्यको सहमति भएको हो।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।
वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको हो।
यस्ता छन् हस्ताक्षर भएका विषय -
१) टोखा छहरे सुरुङमार्ग निर्माण गर्ने समझदारी
२) नेपाल चीन व्यापार आदानप्रदान समझदारी
३) नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्र
४) मासु निर्यातसम्बन्धी समझदारी
५) विकास योजनासम्बन्धी
६) आर्थिक तथा प्राविधिक सहयोग
७) नगद सहयोगसम्बन्धी
८) स्वयंसेवी शिक्षक भाषा सहयोगसम्बन्धी समझदारी
९) नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सहयोग आदनप्रदान गर्ने समझदारी