शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १८ २०८१
images
images
नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ

दुई लाख ७२ हजार चार सय ३० रुपैयाँ, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।

images
images

मोरङ- जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

images
images

झापाको तोपगाछी गाउँपालिका-१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका-११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका-३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका-९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

images
images
images

उनका अनुसार निजहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३० रुपैयाँ, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।

निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend