आइतबार, भदौ २३ गते २०८१    
images
images
निगम सञ्चालक बोर्डमा लफडा

सञ्चालकहरुले भेटे पर्यटन सचिव न्याैपानेलाई, यस्तो छ ३ सञ्चालकलाई प्रवेश नदिइएको बैठकका २८ एजेन्डा

images
शुक्रबार, माघ ७ २०७८
images
images
सञ्चालकहरुले भेटे पर्यटन सचिव न्याैपानेलाई, यस्तो छ ३ सञ्चालकलाई प्रवेश नदिइएको बैठकका २८ एजेन्डा

साथै सञ्चालक समितिको बैठकमा प्रवेश गर्न निगम अध्यक्षले नै कर्मचारी खटाएको उनीहरुको आरोप छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा लफडा भएको छ। सञ्चालक समितिको वैठकमा ३ जना सञ्चालकले लिखित रुपमै आफूहरुलाई प्रवेश गर्न नदिएको भन्दै निगक कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्बोधन गरेर पत्र समेत बुझाएका छन्।

images
images
images

साथै सञ्चालक समितिको बैठकमा प्रवेश गर्न निगम अध्यक्षले नै कर्मचारी खटाएको उनीहरुको आरोप छ।

३ सञ्चालक डिमप्रकाश पौडेल, ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पाले निगमको केन्द्रीय कार्यालयमा कम्पनी मोडलमा लैजान निर्णय गर्नेलाई प्रवेश निशेधको ब्यानर राखे प्रवेश गर्न वातावरण नदिएको भन्दै पत्रलेखमा थियो। पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव, पर्यटनमन्त्री र प्रधानमन्त्री कार्यालयलाई समेत पत्र पठाएका थिए।

लामो समयपछि माघ ६ गते बिहीबार बोलाइएको सञ्चालक समितिको बैठकमा उनीहरुलाई प्रवेश गर्न नदिएको हो।

images

उक्त विषयमा पर्यटन मन्त्रायबाट प्रतिनिधित्व गर्ने होमप्रसाद लुइटेल, अर्थमन्त्रालयबाट प्रतिनिधित्व र व्यवसायीले समेत उक्त विषयमा चासोका साथ अध्यक्ष अधिकारीसँग बिहीबार बसेको बैठकमा सोधखोज गरेका थिए।

‘सञ्चालक समितको बैठक फुल रुपमै बस्नु पर्छ,’ बैठकमा सहभागी एक सञ्चालकले भने, ‘७ जना सदस्य भएको समितिको बैठकमा ४ जना बसेर निर्णय गर्न सकिदैन। सबैलाई उपस्थित हुने वातावरण बनाउनु पर्छ। उहाँहरुको आवश्यक छैन भने पर्यटन मन्त्रीले निकाल्न सक्नु पर्छ। अन्यथा बोर्डको बैठकले दीर्घकालिन असर गर्ने विषयमा निर्णय गर्न सक्दैन।’

सञ्चालकहरुले चासो राखेसँगै बिहीबार बसेको बैठकका लागि तय भएका २८ वटा एजेन्डा मध्ये केही अत्यावश्यक र आर्थिक हिसाबले असर गर्ने विषयमा कुनै निर्णय नभएको ती सञ्चालकले बताए।

बिहीबारको बैठकमा अध्यक्ष अधिकारीले पर्यटन मन्त्री आलेले निगमलाई कम्पनी मोडलमा लैजाने निर्णय खारेज गरेको पत्र पढेर सुनाएको समेत ती सञ्चालकले बताए।

तर अन्य विषयमा भने कुनै निर्णय नभएको ती सञ्चालकको भनाइ छ। बैठकमा २०७७ साउन १ गतेदेखि उडान बन्द भएको चिनियाँ जहाज पुनः उडानका लागि मर्मत गर्ने विषय पनि आएको थियो । तर उक्त विषयमा छलफल नै नभएको एक सञ्चालकले जानकारी दिए।

साथै व्यवसायी किशोर प्रधान, अर्थ मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिले सचिवलाई नै भेटेर निगम सञ्चालक बोर्डको विषयमा जानकारी गराएका छन्।

वैठकमा सहभागी हुने वातावरण नभएको भन्दै पत्र जारी गरेका सञ्चालकहरुको विषयमा मन्त्रालयले निर्णय गरिदिनु पर्ने उनीहरुले सचिवलाई जनाकारी गराएका छन्।

‘निगम सञ्चाकहरुलाई गेटमा कालो ब्यानर राखेर प्रवेकमा रोक लगाउने विषय आएको छ। यसलाई सम्बोधन गर्नु पर्छ,’ एक सञ्चालकले भने, ‘आर्थिक संकट झेलिरहेको संस्थालाई बन्धक बनाउने गरी भइरहेको गतिविधि बन्द हुन पर्छ। अहिले रहेका सञ्चालकहरु आवश्यकन नभएको भने प्रक्रिया सुरु गर्नु पर्ने हैन भने वातावराण बनाइदिनु पर्छ। अन्यथा अब बैठक बसेर निर्णय हुने सम्भावन हुँदैन।’

मन्त्री आलले र अधिकारी ३ सञ्चालक बर्खास्त गर्ने लाइनमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र उनीले नियुक्ति गरेको निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने उनीहरुलाई बर्खास्ती गर्ने रणनीति बनाएका छन्।

आलेले पूर्वपर्यटन मन्त्री योगेश कुमार भट्टराई पर्यटन मन्त्री हुँदा नियुक्त गरिएका सञ्चालक ईश्वरी पौडेल, फुर ग्याल्जे शेर्पा र महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य डिमप्रकाश पौडेललाई जसरी पनि बर्खास्ती गर्ने उनीहरुको रणनीति छ।

नेपाल वायु सेवा निगमको ‘वायु सेवा निगम ऐन २०१९’ (पछिल्लो संशोधन २०७४) को दफा ९ को ख अनुसार उनीहरुलाई हटाउने तयारी गरेका छन्। उक्त दफाको ख मा समितिको अनुमति नलिई समितिको सभामा लगातर ३ पटक भन्दा बढी अनुपस्थित भएमा यस्तो अनुपस्थितीको कारण नेपाल सरकारको विचारमा मनासिव नलागेमा  हटाउने सकिने व्यवस्था छ।

सोही व्यवस्थालाई टेकेर अध्यक्ष अधिकारीले मन्त्री आलेको निर्देशनमा लगातर ३ वटा बैठकमा कर्मचारी लगाएर प्रवेश गर्न नदिने र उनीहरुलाई समितिबाट निस्काशन गर्ने तयारी गरेका हुन्।

बिहीबार बसेको बैठकमा ३ जना सञ्चालकहरुलाई प्रवेश गर्न नदिएको तेस्रो बैठक हो। २ वटा बैठकसम्म सञ्चालकहरुले प्रवेश वातावरण नभएको भन्दै उपस्थित नहुने जानकारी गराएका थिए। तर बिहीबारको बैठकमा प्रवेश गर्न नपाएपछि उनहरुले अध्यक्ष अधिकारलाई सम्बोधन गर्दै संयुक्त रुपमा पत्र समेत पठाएका छन्।

यस्तो छ संयुक्त पत्र

 

३ सञ्चालकहरुलाई प्रवेश गर्न नदिएको बैठकमा २८ एजेन्डा

१. सञ्चालक समितिको सदस्य तोकिएको सम्बन्धमा।

२. जानकारी सम्बन्धमा । (कम्पनीकरण सम्बन्धी प्रकृयाहरु हाललाई कार्यान्वयन नगर्ने सम्बन्धमा)

३. 320 9N AKW विमानको V2500 Engine ESN V17584 मर्मत गर्ने र एउटा Engine Lease मा

लिई उडान गर्ने सम्बन्धमा ।

४. PSS को RFP सम्बन्धमा

५. नायब महाप्रबन्धक (प्रा.) पदमा कायम मुकायम मुकरर गर्ने सम्बन्धमा।

 ६. थाईल्याण्ड, मलेसिया, हङ्गकङ्ग एवम् जापानको जनरल सेल्स एजेण्ट नियुक्त प्रक्रिया सम्बन्धमा।

७. पुँजी वृद्धि सम्बन्धमा।

८. निगमको आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने सम्बन्धमा।

९. महालेखा परीक्षकको प्रारम्भिक प्रतीवेदन अध्ययन गरी निगमको तर्फबाट महालेखा परीक्षकको कार्यालयमा पठाउने प्रत्युत्तर सहितको सझाव भएको प्रतिवेदन।

१०. पदपूर्ति सम्बन्धी प्रकृया अगाडी बढाउने सम्बन्धमा।

११. व्यवसायिक योजना २०२२-२०३१ पेश गरीएको सम्बन्धमा।

१२. खरिद कार्य प्रकृयाको सम्बन्धमा

१३. वरिष्ठ क्याप्टेन श्री सुधिर तोमरको करार सेवा नवीकरण गर्ने सम्बन्धमा।

१४. निगममा तह ८ को IT Manager पदमा करार सेवामा कार्यरत श्री राजेश गुरुवाचार्यको करार सेवा नवीकरण गर्ने सम्बन्धमा।

१५. वरिष्ठ क्याप्टेन श्री प्रियपाल सिंहको करार सेवा नवीकरण गर्ने निर्णय अनुमोदन गर्ने सम्बन्धमा।

१६. यूएईको लागि जनरल सेल्स एजेण्ट (Passenger तथा Cargo) सम्झौताको म्याद अनुमोदन सम्बन्धमा।

 १७. निगमका वरिष्ठ अपरेसन्स् इन्जिनियर रुपेश श्रेष्ठको बेतलबी अध्ययन विदाको सम्बन्धमा।

१८. GDS सम्झौता खारेज गरी नयां प्रक्रियाबाट चयन गर्ने सम्बन्धमा।

 १९. A330 विमानको लागी AME Mr. Georgi Ivanov Ivanov को तलबमान पुनरावलोकन गर्ने सम्बन्धमा।

२०. MA-60/Y12 विमानको मर्मत सम्भार भत्ता सम्बन्धमा।

२१. कटौती गरिएको Outstation Allowance, Transportation Allowance, Hosptality Alowance पुनर्स्थापना गर्ने सम्बन्धमा।

 २२. प्रशासन सेवा, लेखा समह तर्फको पदपूर्तिका लागि योग्यता परिमार्जन गर्ने सम्बन्धमा।

 २३. मासिक ज्यालादारी सेवा अवधि थप गर्ने सम्बन्धमा।

 २४. बोइङ 9N-ACB विमानको वार्ताद्वारा लिलाम बिक्री सम्बन्धी जानकारी प्रस्ताव। २५. Odd Shin को समयसीमा पुनरावलोकन गर्ने सम्बन्धमा।

२६. तह ६ को सपरभाइजर पदमा कार्यरत श्री सहनशीला बज्राचार्यको करार सेवा नवीकरण गर्ने सम्बन्धमा।

२७. निगममा तह ४ को इलेक्ट्रिक टेक्निसियन पदमा करार सेवामा कार्यरत श्री राजकुमार ठाकुरको करार सेवा नविकरण गर्ने सम्बन्धमा।

२८. विविध।


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend