शनिबार, साउन १२ गते २०८१    
images
images
images

आधा पुनरकर्जा पर्यटन क्षेत्रमा, कसले कति पाए? 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
images
images
आधा पुनरकर्जा पर्यटन क्षेत्रमा, कसले कति पाए? 

कूल कर्जामा सबैभन्दा न्यून कपडा उद्योगमा गएको छ। यो क्षेत्रमा ५ करोड ऋण स्वीकृत भएको छ । 

images

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ अर्ब ६१ करोड पुनरकर्जा स्वीकृत गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

images
images

विशेष र साधारण गरी कूल १३ अर्ब ६१ करोड ५१ लाख पुनरकर्जा स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

images

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै पर्यटन क्षेत्रमा पुनरकर्जा गएको छ। कूल कर्जामध्ये करिब आधा पर्यटन क्षेत्रमा गएको छ। मंसिरसम्म पर्यटन क्षेत्रमा मात्र ६ अर्ब ७९ करोड २२ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ। 

त्यस्तै जलिवद्युत क्षेत्रमा ३ अर्ब २४ करोड, उत्पादनमुलकमा १ अर्ब २० करोड र शिक्षामा ८५ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ। 

images

कूल कर्जामा सबैभन्दा न्यून कपडा उद्योगमा गएको छ। यो क्षेत्रमा ५ करोड ऋण स्वीकृत भएकोक्ष छ । 

प्रदेश अनुसार वागमती प्रदेशमा ५२ प्रतिशत कर्जा स्वीकृत भएको छ। ३० वटा बैंक तथा वित्तीय संस्थाबाट १०२ ऋणीलाई यस्तो कर्जा स्वीकृत गरिएको छ। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend