काठमाडौं- नेपाल आयल निगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य बढाएको छ।
पेट्रोलमा एक रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ दुई रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंका लागि १५ डलरले बढेको आयल निगमले जनाएको छ।
एलपि ग्यासको मूल्य पनि भारतबाट बढेर आएको छ। तर आम उपभोक्ताको हितलाई ध्यानमा राखि ग्यासको मूल्य भने नबढाएको निगमले जनाएको छ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५७ रुपैयाँ ५० पैसा पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको छ भने काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ प्रतिलिटर तोकिएको छ।