बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

दुई करोड ४३ लाखको लागतमा तयार भयो खानेपानी आयोजना

images
शनिबार, मंसिर १५ २०८१
images
दुई करोड ४३ लाखको लागतमा तयार भयो खानेपानी आयोजना

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो।

images
images

गुल्मी- दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ। लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्‍याइएको हो।

images
images
images

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ६५ लाख रूपैयाँ, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार रूपैयाँ, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजार रूपैयाँका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार रूपैयाँ गरी कुल दुई करोड ४३ लाख ८८ हजार रूपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो।

images
images

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एकसय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिए।

images
images
images

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो।

पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend