बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बिक्रीमा कमी आएसँगै लगाउनै छाडे टोड्केका किसानले मुला

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
images
images
बिक्रीमा कमी आएसँगै लगाउनै छाडे टोड्केका किसानले मुला

रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो। कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिँदै गएको छ।

images
images

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ की गौमाया पाइजाले २० वर्ष पहिलेसम्म १० रोपनीभन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन्। अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तामा छिन्।

images
images

'पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउथे,' उनले भनिन् 'मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउदै लगेको छु।'

images
images

रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो। कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिँदै गएको छ।

images
images

टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो। बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरुले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताइन्। 

'घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौँ,' उनले भनिन् 'चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्व छ।'

साउन महिनामा रोपीने मुला कात्तिक मङसिरमा उखेल्ने गरिन्छ। एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरु बताउँछन्। स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ।

ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक) र धजरा बनाएर तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ। पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरुले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन्। आकार अनुसार प्रतिगोटा मुला २५ देखि ५० रुपैयाँका दरले बिक्री हुने गरेको किसानको भनाइ छ। 

टोड्केको भ्रमणमा पुग्नुभएकी पर्वतको जलजला गाउँपालिका -२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा किनेर ल्याएको बताइन्।

हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो। टोड्केमा हुदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सीप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend