काठमाडौं-आन्तरिक उडान गर्ने सबै यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ। गृह मन्त्रालयले सबै निकायमा परिपत्र गर्दै खोपकार्ड टिकट काट्ने समयमानै अपलोड गरेर मात्रै वितरण गर्न निर्देशन दिएको छ।
गत माघ ४ गतेको बैठकले आन्तरिक उडानमा अनिवार्य खोप कार्डको व्यवस्था गरेको हो। यसअघि एन्टिजेन परिक्षणको व्यवस्था गर्न खोजिएको थियो। एयरलाइन्स कम्पनीले विरोध गरेपछि खोप कार्ड को मात्रै व्यवस्था गरिएको हो।