चितवन- चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय र जर्मनको सामाजिक संस्था एडब्लूओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ।
कृषि संकायका डिन प्राडा.अर्जुनकुमार श्रेष्ठ र एडब्लूओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख डा.सुरेन्द्र गौतमले सहमतिमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार यहाँका विद्यार्थी र प्राध्यापकको अनुसन्धानमा सो संस्थाले सहयोग गर्ने भएको छ। डिन प्राडा श्रेष्ठका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिक गोष्ठी सम्मेलनमा दुई संस्थाकाबीचमा साझेदारी गर्ने सहमति भएको छ।
विश्वविद्यालयलाई अनुसन्धान र विकासका काममा यो सम्झौतासँगै थप उचाइमा लैजान सहयोग पुग्ने उनको भनाइ छ। रासस