आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

पोखराको बाँझो जग्गामा कागतीखेती

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
images
images
पोखराको बाँझो जग्गामा कागतीखेती

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन्।

images
images

गण्डकी- पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन्। 

images
images

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए। 

images
images

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन्। 

images
images
images

कार्यक्रमका लागि कुल लागत ७ लाख ८१ हजार ४ सय रुपैयाँ रहेकामा आयोजनाबाट ३ लाख ९० हजार ७ सय रुपैयाँ स्वीकृत अनुदान रहेको छ भने ३ लाख ९० हजार ७ सय रुपैयाँ त्रिपाठी स्वयंले व्यहोर्नेछन्। कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend