बिहीबार , मंसिर १३ गते २०८१    
images
images

संघीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा लुम्बिनीमा आर्थिक संकट

images
बिहीबार , मंसिर १३ २०८१
images
images
संघीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा लुम्बिनीमा आर्थिक संकट

प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासकिय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत विषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयलाई समाधान गर्नुपर्ने विषयका रुपमा उठाइएको छ।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ।

images
images
images

संघीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा प्रदेश सरकारले गत वर्षको झण्डै साढे दुई अर्ब रूप‌ैयाँ दायित्व भुक्तानी गर्न नसकेको जनाइएको छ। लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको आज बसेको बैठकले वित्तीय अनुदानको बजेटलगायत विभिन्न समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ। 

images

बैठकले राष्ट्रिय विकास समस्या समितिमा पठाएका प्रदेशमा पहिचान गरिएका समस्यामध्ये सशर्त अनुदानको रकम घटाएर वित्तीय समानीकरण अनुदानको बजेट बढाउने विषयलाई समेत महत्वपूर्ण विषयका रुपमा उठाएको छ।

images

यस्तै संविधानमा व्यवस्था भएको साझा अधिकारका सूची अन्तर्गत कार्य बाँडफाँट र प्रहरी समायोजनाको विषयलाई स्पष्ट मापदण्ड बनाइ लागु गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्नेमा जोड दिइएको छ।

प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासकिय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत विषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयलाई समाधान गर्नुपर्ने विषयका रुपमा उठाइएको छ।

ढुंगा, गिट्टी, बालुवा उत्खननसम्बन्धी कानुनी व्यवस्था सुधार गर्नुपर्ने, सडक निर्माण, विस्तार र सुदृढिकरणमा संघीय सरकार र विद्युत् प्राधिकरणसँगको समन्वय प्रभावकारी नहुँदा समस्या समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने, उद्योग दर्ता र जग्गा प्राप्तिको अधिकार प्रत्यायोजन गरिनुपर्ने विषय उठाइएको छ। 

बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न योजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ समाधान गर्नेगरी अघि बढाइने भएको निर्णयसमेत गरेको छ। बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड पुस मसान्तभित्र तयार पार्ने, स्रोतको अधिकतम सदुपयोग गरी वार्षिक बजेट तथा कार्यक्रममा परेका योजना तथा कार्यक्रम सञ्चालन गर्दा अपेक्षित परिणामलाई मध्यनजर गरेर मात्र मितव्ययी तरिकाले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिए। उनले प्रतिफल दिने खालका योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

'जुन काममा हात हाल्छौँ। त्यसबाट परिणाम आउनुपर्छ। प्रतिफल आउने योजनालाई विशेष जोड दिएर अघि बढाऔँ', उनले भने, 'रातो किताबमा लेखिएको भए पनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन।'

उनले प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमाभित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई दिर्नेशन दिए। उनले प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक वर्ष २०८०/८१ म वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत संघीय सरकारबाट विनियोजन भएको वित्तीय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहेको बजेटका विषयमा प्राथमिकताका साथ उठाइएको र समस्यालाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउनेगरी प्रदेश विकास समस्या समाधान समितिको बैठकले अघि बढाएको बताए।

प्रदेश सरकारले थालेका तर सम्पन्न हुन नसकेका योजनाको अध्ययन गरेर सम्पन्न गर्ने तर्फ समेत मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन्। उनले चिस्यान केन्द्र, सांस्कृतिक डबली, रिफ्रेस सेन्टर लगायतका आयोजना सुरु भएको, कतिपय अवस्थामा सम्पन्न नभएको, सम्पन्न भए पनि प्रयोगमा नआएको जनाउँदै यसमा गम्भीर ध्यान दिन अनुरोध गरे। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend