शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १३ २०८१
images
बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध

उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौंमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

images
images

बागमती- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन्। उक्त तथ्यांक विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए। 

images
images
images

उनका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौंमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

images
images

चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हुँदा काठमाडौंमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए। 

images
images

भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बीमामा आबद्ध भएको तथ्यांक छ। काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए। 

कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ। मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ। 

स्वास्थ्य बीमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन्। हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सीएम सी चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend