बुधबार, मंसिर १९ गते २०८१    
images
images

ईभी ब्याट्री रिप्लेसमेन्ट लागत : ‘आईसीको इन्जिन फेर्नभन्दा सस्तो हुन्छ’

images
शुक्रबार, मंसिर १४ २०८१
images
images
ईभी ब्याट्री रिप्लेसमेन्ट लागत : ‘आईसीको इन्जिन फेर्नभन्दा सस्तो हुन्छ’

अहिलेकै दरमा ब्याट्रीको मूल्य घट्दै जाने हो भने २०३० पुग्दा नपुग्दै ब्याट्री सेलको मूल्य ३५ अमेरिकी डलर प्रतिकिलोवाट आवरमा सीमित हुनेछ। ब्याट्री प्याक बनाइसक्दा यो सेलको मूल्य ५० डलर प्रतिकिलोवाट आवरभन्दा बढी हुने छैन।

images
images

काठमाडौं- विद्युतीय सवारीका लागि हाइ भोल्टेज ब्याट्री मानिसको आत्मा जस्तै हो। त्यही कारण विद्युतीय सवारीमा ब्याट्रीको स्वास्थ्य दीर्घताबारे धेरैको चासो हुने गरेको छ। र, यसको सम्भावित रिप्लेसमेन्ट लागतले धेरैलाई सोच्न बाध्य बनाउँदै आएको छ। 

images
images
images

प्रयोग भइरहेको विद्युतीय कारमा ब्याट्री फेर्नुपर्ने अवस्थामा हुने सम्भावित खर्चको विषयले धेरैलाई सोचमग्न बनाउने गरेको छ। यो कुराले नै कयौँलाई विद्युतीय सवारी किन्ने वा नकिन्ने दोधारमा पार्ने गरेको छ। यद्यपी विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ठूला कम्पनीहरुले र नयाँ स्टार्टअपहरुले भयंकर लगानी विस्तार गरिरहेकाले ब्याट्री उत्पदनमा राम्रै छलाङ आउँदैछ। 

images

ब्याट्री उत्पादनमा आउँदै गरेको छलाङ विशेषगरी ब्याट्रीमा इनर्जी डेनसिटी बढाउन र त्यसको दीर्घता बढाउनमा केन्द्रित छ। यो प्रयोगमा आएसँगै विद्युतीय सवारीको ब्याट्री परिवर्तन लागत न्यून हुने र विद्युतीय कारको रिसेल भ्यालु बढ्ने निश्चितप्रायः छ र विद्युतीय सवारी किन्ने विषयमा दोधारमा पुगेकालाई प्रष्टता प्रदान गर्नेछ। ब्याट्री हेल्थ र दीर्घताबारे हालै सार्वजनिक भएको अध्ययनले उक्त विषय देखाएको हो। 

images

विद्युतीय सवारीको ब्याट्री रिप्लेसमेन्ट कमै हुने रिकरेन्टले हालै गरेको अध्ययनले देखाएको हो। विद्युतीय सवारी उत्पादकले ८ वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्रीमा वारेन्टी दिँदै आएका छन्। पछिल्लो पटक विकास भएको प्रविधिमा बनेका आधुनिक ब्याट्रीहरु पहिलेको भन्दा दोबर टिक्ने र दोबर नै दुरी तय गर्न सक्ने खालका रहेको रिकरेन्टले जनाएको छ। 

टेस्लाका कार चालकले ३ सय २१ किलोमिटर चलाएको र त्यसरी चलाउँदा ब्याट्रीको डिग्रेडेसन न्यून देखिएको अध्ययनमा भनिएको छ। ती चालकले यसरी उक्त कार पटक पटक चलाइसकेका छन्। त्यस्तै टेस्लाको एउटा मोडल एस १८ लाख किलोमिटर चलाइसकिएको छ। भनिएजस्तो ३/४ लाख किलोमिटरमा ब्याट्री फेर्नुपर्ने अवस्था थियो भने उक्त मोडल एसमा ४ पटक ब्याट्री फेरिसकेको हुनुपर्ने थियो। अधिकांश विद्युतीय कार प्रयोगकर्ता त्यति धेरै कार चलाउने अवस्थामा पुग्दैनन्। 

यो तहको अधिकतम चालन नभए पनि कुनै एउटा बिन्दुमा पुग्दा जुनकुनै कारणले ब्याट्री फेर्नुपर्ने भएमा कति लाग्ने छ त लागत? अहिलेकै रफ्तारमा ब्याट्री उद्योगमा विकास र विस्तार भयो भने रिकरेन्टले निक्कै सस्तामा ब्याट्री फेर्न पाइने बताएको छ। 

क्लाइमेट अनुसन्धान गर्ने संस्था आरएमआईले सार्वजनिक गरेको तथ्यांकलाई विश्लेषण गरेर रिकरेन्टले भनेको छ अहिलेकै दरमा ब्याट्रीको मूल्य घट्दै जाने हो भने २०३० पुग्दा नपुग्दै ब्याट्री सेलको मूल्य ३५ अमेरिकी डलर प्रतिकिलोवाट आवरमा सीमित हुनेछ। ब्याट्री प्याक बनाइसक्दा यो सेलको मूल्य ५० डलर प्रतिकिलोवाट आवरभन्दा बढी हुने छैन। 

यो हिसाबले १ सय किलोवाट आवर ब्याट्री फेर्ने खर्च ४५ सयदेखि ५ हजार डलरमात्र लाग्दे देखिएको छ। त्यस्तै ७५ किलोवाट आवरको ब्याट्री प्याक फेर्ने खर्च ३५ सय डलरभन्दा कम लाग्ने छ। यो भनेको इन्टरनल कम्बस्चन इन्जिन(आईसीई)कामा इन्जिन फेरे जति नै लागतले विद्युतीय सवारीको ब्याट्री फेरिने छ। जेडी पावरका अनुसार फोर सिलिन्डर इन्जिन फेर्न ४ हजार डलर र उच्च क्षमताको इन्जिन फेर्न १० हजार डलरसम्म लाग्ने गरेको छ। बजार मूल्य कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ। 

वर्तमान समयको कुरा गर्दा विद्युतीय सवारीको ब्याट्री फेर्न ७ देखि १६ हजार डलरसम्म पर्ने गरेको छ। यो ब्याट्रीको आकार, सवारीको उत्पादन र मोाडल अनुसार फरक हुनेछ। नयाँ कारमा यस्तो हुने कुरा धेरैलाई नलागेको हुनसक्छ। तर आईसी इन्जिन कार र विद्युतीय कारमा २०३० सम्ममा समान मूल्यमा वा ईभीमा अझ कम मूल्यमा ब्याट्री फेर्न सकिनेछ। 

२०२३ को अक्टोबरमा प्रतिकिलोवाट आवर ब्याट्रीको मूल्य १ सय ४९ डलर थियो भने २०२६ मा यो घटेर ८० डलरभन्दा कम हुने अनुमान गरिएको गोल्डम्यान सचस्ले जनाएको छ। विश्व बजारमा यो मूल्य क्रमिक रुपमा घट्दै गइरहेको छ। यसरी ब्याट्रीको मूल्य घट्दै जाँदा विद्युतीय सवारी प्रति उपभोक्ताको सोचमा बदलाव आउने छ। 

ब्याट्रीको लागत कम हुँदा वषौँ चलेका कारमा ब्याट्री फेर्नुपर्दा सस्तोमा फेर्न पाइन्छ। यसको प्रत्यक्ष लाभ ईभीको सेकेन्ड ह्यान्ड बजारलाई पुग्नेछ। हाल ईभीको रिसेल मूल्य कति र कसरी हुने भन्ने अन्यौता रहेको छ। ब्याट्रीको मूल्य घट्ने र त्यो थप मजबुत हुँदा ईभीको रिसेल भ्यालु बढ्नेछ। 


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend