शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विदेश पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ

images
बुधबार, मंसिर १२ २०८१
images
images
विदेश पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ

'बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो'

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भइ हाल काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भइ हाल काठमाडौं टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

'बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो' उनले भने।

images
images
images

यसैगरी पक्राउ परेकामध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एकजनालाई दुवई पठाउने भन्दै दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

दुवै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए।


प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend