सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

images
मंगलबार, मंसिर ११ २०८१
images
सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाख रूपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कुल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन्।

images
images
images

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाख रूपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कुल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे।

images
images

प्रधानमन्त्री ओलीले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाए।

images
images

कार्यक्रममा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा  सुरु भएको थियो।

 


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend