बुधबार, मंसिर १९ गते २०८१    
images
images

हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर, एक बिगाहामा नर्सरी बनाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ११ २०८१
images
images
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर, एक बिगाहामा नर्सरी बनाइने

महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ।

images
images

चितवन- हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ। महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो।
 
डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो। महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ। नर्सरीका लागि कम्पाउण्ड, नर्सरी घरलगायत भौतिक संरचना निर्माण सुरु गर्न लागिएको छ।
 
दाहालका अनुसार एक वर्षमा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ। बाहिरबाट बिरुवा खरिद गर्दा महङ्गो पर्ने भएकाले आफैले उत्पादन गरेर सडक किनारामा बिरुवा रोप्न लागिएको हो। सुन्दरता दिने र फलफूलका बिरुवा उत्पादन गरेर रोप्ने योजना महानगरको रहेको छ।
 
उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षबाट महानगरपालिकाले महानगरभित्रका सडकमा वृक्षरोपण गरेर हरियाली बनाउन थालेको बताए। आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा एक हजार रुपैयाँसम्म पर्ने बिरुवा ३०/४० रुपैयाँमा तयार हुने उनको भनाइ छ। अधिकारीले भने, 'आर्थिक रुपमा पनि महानगरलाई फाइदा पुग्छ।'
 
महानगरपालिकाका इञ्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताए। सिजनल र बहुवर्षे बिरुवाहरु उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए। उनले भने, 'महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ।'
 
महानगरपालिकाले गत वर्ष पाँच हजार हाराहारी बिरुवा रोपेको थियो। यस वर्ष २० हजार हाराहारी बिरुवा खरिद गरेर लगाउँदैछ। आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख बिरुवा उत्पादन गरेर रोप्ने योजना छ। रासस

images
images
images


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend