मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ११ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

images
मंगलबार, मंसिर ११ २०८१
images
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ११ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा काठमाडौंको कागेश्वरी मनोहरा बस्ने धनुषा मिथिलाका ४१ वर्षीय रविन कोइराला, धादिङ घर भइ काठमाडौंको नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र काठमाडौं नै बस्ने झापाका ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन्। 

images
images

पक्राउमध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। यस्तै पक्राउ परेका कार्त्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिएको प्रहरीको भनाइ छ।

images
images

पीडितको उजुरीका आधारमा सोमबार प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend