सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

विपद्‌बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना

images
मंगलबार, मंसिर ११ २०८१
images
images
विपद्‌बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना

मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेसन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

images
images

पर्वत- मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ। यूएसएआईडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेसन) स्थापना गरेको हो।

images
images

मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेसन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिए।

images
images

उनका अनुसार पाँच लाख ५० हजार रूपैयाँको लागतमा मौसम सूचना केन्द्र स्थापना भएको हो। यसले मुख्यगरी तापक्रम मापन गर्ने, हावाहुरीको गति र दिशाका बारेमा जानकारी दिनुका साथै वर्षा र आर्द्रता मापन गर्नेछ। साथै जलवायु अध्ययन, आपत्कालीन पूर्वसूचना प्रदान गर्न सहयोग पुग्ने शर्माले बताए।

images
images

यो सूचना केन्द्रलाई जल तथा मौसम विज्ञान विभागका विभिन्न भागमा रहेका जलवायु मापन केन्द्रहरूसँग समन्वय गरी दैनिक रूपमा एकीकृत विवरणहरू उपलब्ध गराउने मोदी गाउँपालिकाले तयारी गरेको छ। केन्द्र स्थापनासँगै विशेषगरी वर्षायाममा हुने बाढीपहिराका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। 

बेमौसममा हुने वर्षा, असिना, चट्याङ र हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए उनले मोदी गाउँपालिकाका मात्र नभएर आसपासका सबै नागरिकलाई मौसमी विपद्‌बाट सुरक्षित राख्न केन्द्रलाई प्रयोग गरिने उल्लेख गरे।

आस्कले यूएसएआईडीको सहयोगमा जल र जंगल परियोजना सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। 

व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकको प्रोत्साहन र प्रवर्द्धनका लागि मौसमी सूचना प्रणालीको विस्तार गरिएको संस्थाका प्रशासन प्रमुख शिव पोखरेलले जानकारी दिए। उनका अनुसार मोदी गाउँपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासे क्षेत्रमा कार्यक्रम केन्द्रित भएकाले पनि मोदीमा मौसम स्टेशन स्थापना गरिएको हो।

यस क्षेत्रका बासिन्दाले विगतमा जस्तो बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत प्राकृतिक विपद्‌बाट क्षति व्यहोर्नुपर्ने घटना न्यूनीकरण हुने पोखरेलको दाबी छ। पालिकाले सबै वडाका नागरिकको मोबाइल नम्बर संकलन गरी मौसमको पूर्वानुमान र सम्भावित जोखिमबारे एसएमएस (खबर) प्रवाहसमेत गर्ने जनाएको छ।

मोदीमा गत वर्षमा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको थियो भने धेरै सङ्ख्यामा पशुचौपायाको क्षति भएको थियो। त्यसैगरी गत वर्षायाममा गाउँपालिकाभित्रका झण्डै दुई दर्जनभन्दा बढी परिवार बाढीपहिराका कारण विस्थापित बनेका थिए भने पर्वतमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो। रासस


प्रकाशित : मंगलबार, मंसिर ११ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend