मंगलबार, मंसिर ११ गते २०८१    
images
images

स्याङ्जाका कृष्णप्रसादले ड्रागन फ्रुट बिक्रीबाट कमाए १८ लाख

images
मंगलबार, मंसिर ११ २०८१
images
images
स्याङ्जाका कृष्णप्रसादले ड्रागन फ्रुट बिक्रीबाट कमाए १८ लाख

८० रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुंगानाले यसवर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन्।

images
images

स्याङ्जा- यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट १८ लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्।

images
images
images

स्याङ्जाको वालिङ-१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुंगानाले ड्रागन बेचेर १८ लाख रूपैयाँ आम्दानी गरेका हुन्।

images

चार हजार पाँचसय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुंगानाले बताए। ८० रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुंगानाले यसवर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन्।

images

'८० रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ', उनले भने, 'सुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्युब हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाइ पनि राम्रो भएको छ।'

ड्रागन थोकमा प्रतिकेजी चारसय रूपैयाँका दरले र खुद्रामा प्रतिकेजी पाँचसय रूपैयाँका दरले बिक्री भएको उनले बताए। यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो।

आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उनले बताए। 'नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे', उनले भने, 'अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन्।'

उनले एउटा पिलरमा तीनवटाका दरले ड्रागनका बेर्ना लगाएका छन्। ड्रागन बगैँचामा बिरुवाको बीच-बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाएका छन्। 'नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो', उनले भने, 'आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै १० लाख रूपैयाँको ड्रागनको फूल नै नष्ट गरिदियो।' उनले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आएका छन्।

उत्पादन गर्न सकेको खण्डमा बजारको कुनै समस्या नरहेको कृष्णका भाइ अमृत ढुंगानाले बताए। अमृतले दाजुले उत्पादन गरेको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिएका छन्।

'यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो', उनले भने, 'ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ।'

बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताए। अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्‍याउने लक्ष्य रहेको अमृतले बताए।

झोलामा फाइल बोकेर हिँड्ने नक्कली किसानलाई राज्यले अनुदान दिने गरेकामा उनको दुखेसो छ। 'वास्तविक किसानले मेहनत गर्छन् तर उनीहरू राज्यले दिने अनुदानमा पर्दैनन्', उनले भने, 'यसले काम गर्दैन तर पहुँच पुर्‍याउँछ उसैलाई राज्यले अनुदान दिँदा दुःख लाग्दोरहेछ, यद्यपि हामीले अनुदानको आशमा व्यवसाय थालेका भने होइनौँ।'

केन्द्र, प्रदेश तथा स्थानीय सरकारले अनुदान सुरुमै नभइ उत्पादनका आधारमा दिनुपर्ने माग उनको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ११ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend