शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

images
सोमबार, मंसिर १० २०८१
images
images
एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

१३औँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको हो।

images
images

काठमाडौं- आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ। १३औँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको हो।

images
images

कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए।

images
images

नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार विसं २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ।

images
images

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिङ कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारीसाधन र भारी उपकरणहरूको फाइनान्सिङ सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्दै आएको जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर १० २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend