सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

बादी समुदायको पुर्ख्यौली पेसा संकटमा

images
सोमबार, मंसिर १० २०८१
images
images
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा

छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ। उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग बादी समुदायको छ।

images
images

रामेछाप- मन्थली नगरपालिका-७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए। उनको मुख्य पेसा मादल बनाउने हो।

images
images

उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ। उनका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो। 'घरको जेठो सन्तान भएकोले बुवाआमा, भाइबहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ', उनले विगत स्मरण गर्दै भने, 'विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ, तर अहिले त्यो पेसाबाट विस्थापित भएँ।' 

images
images

उनले त्यहाँ करिब १३ वर्ष व्यवसाय गरे। खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो। पाँच जनालाई रोजगारी दिएका थिए। तर अहिले त्यस्तो छैन। अहिले आफैलाई काम पाउन मुस्किल छ।

images
images

विसं २०७२ को भूकम्पका कारण उनले भाडामा लिएको कच्ची घर भत्कियो। थुप्रै मादलहरु पुरिए। त्यसपछि उनी गाउँ नै फर्किए। पुनःनिर्माणका लागि प्राप्त अनुदान तीन लाख रूपैयाँमा केही थपेर घर बनाए पनि गाँउमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे।

मादल बनाउने परम्परागत पेसा टिकाउन उनलाई हम्मेहम्मे परेको छ। 'पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो। यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे', उनले भने। मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तबेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका बादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ।

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका-८ का बद्रीप्रसाद घिमिरे बताउँछन्। मादलको व्यापार घटेसँगै समुदायको पेसा नै संकटमा परेको मन्थली-७ का शम्भु बादी बताउँछन्।

छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ। उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग बादी समुदायको छ।

मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार बादी समुदायको छ। उनीहरुको जनसङ्ख्या ७५ जना छन्। पुर्ख्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन्।

मन्थली नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा वडा नं-३ का दलित समुदायमा जब्बरबहादुर बादीलाई प्रशिक्षक बनाइ मादललगायत वाद्यवादन सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो। तर त्यस्ता सामग्रीले बजार नपाएपछि समस्या भएको छ। स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गरे।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुर्ख्यौली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताए।

उनले भने,  'विकसित मुलुकमा ठूलो परिमाणमा बन्ने यस्ता सामग्रीहरु स्थानीय उत्पादनभन्दा सस्तो हुने भएकाले बजार नपाएको हो। नगरले स्थानीय उत्पादन बिक्री वितरणमा आवश्यक सहयोग गर्ने छ।' 

जिल्लामा रहेका बादी समुदायको पुर्ख्यौली पेसा संकटमा परेकाले रोजगारीका अवसर सृजना गरी जीविकोपार्जनमा सहयोग पुर्‍याउनुपर्ने स्थानीय अगुवा गुञ्जबहादुर श्रेष्ठको धारणा छ। रासस


प्रकाशित : सोमबार, मंसिर १० २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend