शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेज धेरै, दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको व्यवसायीको गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १० २०८१
images
images
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेज धेरै, दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको व्यवसायीको गुनासो

पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए।

images
images

पाल्पा- पाल्पाका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन्। व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए।

images
images

दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेका बताएका थिए। यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरुको सुझाव थियो। 

images
images

कार्यक्रममा राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए। उनले संघले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि संघले सहजीकरण गर्दै आइरहेको बताए।

images
images

घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन ल्याएको जानकारी दिनुभएको छ। 

'ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ, नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरिनेछ, हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ', उनले भने।

पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए। पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको संख्या बढेको उनले बताए। 

संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन्। संख्यागत रुपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने संख्या भने कम देखिएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर १० २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend