शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

काठमाडौंको थलीमा सानिमा बैंकको शाखा विस्तार

images
आइतबार, मंसिर ९ २०८१
images
काठमाडौंको थलीमा सानिमा बैंकको शाखा विस्तार

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३४ वटा कार्यालय र १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।

images
images

काठमाडौं- सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, स्थित थलीमा नयाँ शाखा स्थापना गरी सेवा विस्तार गरेको छ। आइतबार बैंकले नयाँ शाखाको उद्‌घाटन गरेको हो।

images
images
images

उक्त शाखा कार्यालयको उद्‌घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्तरुपमा गरेको बैंकले जनाएको छ।

images
images

उद्‌घाटन समारोहमा नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंकमार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने बताए।

images
images

यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३४ वटा कार्यालय र १ सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : आइतबार, मंसिर ९ २०८११७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend