शुक्रबार, कात्तिक २ गते २०८१    
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनका लागि आवश्यक विमानस्थल सेवा शुल्क नियमावली खोइ?

images
शुक्रबार, माघ ७ २०७८
images
images
सञ्चालनका लागि आवश्यक विमानस्थल सेवा शुल्क नियमावली खोइ?

अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार गौतम बुद्ध विमानस्थल (अहिले सञ्चालनमा रहेको आन्तरिक) सञ्चालन भएपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने विमानस्थल सेवा शुल्क २०७६ अनुसार सञ्चालन गर्न मिल्दैन।

images
images

काठमाडौं- भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी सुरु भएको छ। तर विमानस्थल सञ्चालनका लागि आवश्यक 'विमानस्थल सेवा शुल्क नियमावली' भने अहिलेसम्म स्वीकृत भएको छ।

images
images
images

विमानस्थल सेवा शुल्क नियमावली २०७६ अनुसार नै अहिले देशभर सञ्चालनमा रहेको आन्तरिक विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेका छन्।

अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार गौतम बुद्ध विमानस्थल (अहिले सञ्चालनमा रहेको आन्तरिक) सञ्चालन भएपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने विमानस्थल सेवा शुल्क २०७६ अनुसार सञ्चालन गर्न मिल्दैन।

images

‘विमानस्थल सेवा शुल्क नियमावली २०७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र देशभरका आन्तरिक विमानस्थल सञ्चालनको सेवा शुल्क तय भएको छ’, प्राधिकरण पूर्व महानिर्देशक राजन पोखरेलले भने, ‘ उक्त व्यवस्था अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चाल गर्न सकिदैन। यसका लागि २०७६ सालदेखि नै प्रत्रिया सुरु भएको थियो। तर विविध कारणले ढिलाई भएको थियो।’

images

गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलाई समेत समेटने गरी तयारी भएको विमानस्थल सेवा शुल्क नियमावली २०७६ हुँदै अहिले २०७८ भइसकेको छ।

प्राधिकरण बोर्डबाट नियमावली स्वीकृत भइ संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयमा पुगको एक वर्षभन्दा बढी भइसेको छ। मन्त्रालयले पनि सबै सरोकारवाला निकायसँगको राय सुझाव लिएर केपी ओली शर्मा नेतृत्वका सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका थिए।

तर मन्त्रिपरिषदमा नियमावली नपुग्दै केपी ओली सरकार ढलेको थियो। त्यसपछि शेरबहादुर सरकार नेतृत्वमा सरकार बन्यो। लामो समयसम्म मन्त्रालयमा जिम्मेवारी देउवा आफैले लिएका थिए। 

दसैं अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा प्रेम आले आए। आलेले नियमावली स्वीकृतका लागि मन्त्रिपरिषदमा लगेका थिए। तर मन्त्रिपरिषदले पुरानो सरकारको पालामा अर्थबाट राय लिएको भन्दै फेरि अर्थबाट राय लिएर मात्रै पेस गर्न भन्दै नियमावली मन्त्रात्रालयमै फर्काएको थियो।

मन्त्रिपरिषदबाट फर्केको नियमावली अहिले मन्त्रालयले अर्थसँग राय लिन पठाउने निर्णय गरिसकेको मन्त्रालयको हवाई उद्योग महाशाखा प्रमखु तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। अर्थको रायआएपछि नियमावली मन्त्रिपपरिषमा लगेर स्वीकृत गरिने उनको भनाइ छ।

उनका अनुसार अहिले परिमार्जन हुन लागेको विमानस्थल सेवा शुल्क नियमावलीमा अहिले सञ्चालनमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलसँगै अब सञ्चलानमा आउने अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थललाई समावेश गर्ने गरी नियमावली तयारी भएको लामिछानेले बताए। साथै समय सापेक्षिक विमानस्थलको सेवा शुल्क पनि केही परिमार्जन भएर विमानस्थल सेवा शुल्क नियमावली २०७८ जारी हुने मन्त्रालयको भनाइ छ।

विमानस्थल सञ्चालनको तयारीभएसँगै प्राधिकरणले पनि विमानस्थल प्रमुखको रुपमा गोविन्द्र प्रसाद दाहाललाई खटाएको छ भने आवश्यक कर्मचारी समेत तयार गरिरहेको छ। 

यो विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको हो। विमानस्थल निर्माणका लागि सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग सम्झौता भएको थियो।

सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आईसीबी-जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो। तर निर्माण कम्पनीको लापरबाहीसँगै भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाका कारण विमानस्थल निर्माणमा ढिलाइ भएको थियो। 

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।

सोहीअनुसार विमानस्थलको संरचना निर्माण भएको छ। यसैगरी सञ्चार उपकरण जडान लगातयतका लागि भने प्राधिकरणले एरो थाइसँग सम्झौता गरेको थियो। अहिले एरोथाईले पनि गनु पर्ने सबैकाम सम्पन्न गरिसहेको छ। अब एरोथाइले नै क्यालिब्रेसन उडान गर्ने छ। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend