बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

मह बेचेर वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्दै रूपबहादुर

images
आइतबार, मंसिर ९ २०८१
images
images
मह बेचेर वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्दै रूपबहादुर

विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन्।

images
images

मुगु- जिल्लाको छायाँनाथरारा नगरपालिका-६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट सबै खर्च कटाएर चार लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन्।

images
images

रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरीपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए। उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएका छैनन् उनले।

images
images

रूपबहादुरले भने, 'बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै आएको छु। सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो।'

images
images

उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए। 'ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ। उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ। वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु। त्यसैबाट घरका दशजनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ', रूपबहादुरले भने।

जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाएर चार लाख रूपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए। आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत आर्गानिक र गुणस्तरीय हुने  दाबी गरे।

सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दुरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुर्ख्यौली व्यवसायको एक नमूना पनि हो।

परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए। विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ९ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend