आइतबार, मंसिर ९ गते २०८१    
images
images

भारतीय चेन होटल लर्ड्सद्वारा काठमाडौंमा मण्डला नोर्लिङ लर्ड्स प्राइम लक्जरी स्टार होटल सञ्चालनमा

images
आइतबार, मंसिर ९ २०८१
images
images
भारतीय चेन होटल लर्ड्सद्वारा काठमाडौंमा मण्डला नोर्लिङ लर्ड्स प्राइम लक्जरी स्टार होटल सञ्चालनमा

भारतमा दजनौँ चेन होटल सञ्चालनमा ल्याएको लर्डले यसअघि काठमाडौंको बौद्धमा दुईवटा, वीरजञ्ज, नेपालगञ्ज र भैरहवामा एक/एकवटा होटलको व्यवस्थापन गरिसकेको छ।

images
images

काठमाडौं- भारतीय चेन होटल कम्पनी लर्ड्सले काठमाडौंको महाराजगञ्जमा होटल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटल सञ्चालनमा ल्याएको छ। सुविधासम्पन्न उक्त होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन्। आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटलमा तीन भवन रहेका छन्।

images
images
images

यस होटलको एउटा भवनमा चाइनिज रस्टुेरेन्ट र स्पा, अर्कोमा मुख्य होटल र तेस्रो पार्टीको लागि छुट्याइएको छ। भारतीय कम्पनी लर्ड्स प्राइमले व्यवस्थापन गर्ने यो होटलमा होटलमा नेपाली पर्यटन उद्यीहरुको लगानी रहेको होटलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए।

images

उनका अनुसार होटलमा चारतारेस्तरका सुविधाहरु रहेपनि अहिले स्टार नलिए सञ्चालन गर्न लागिएको छ। होटलमा थप स्तरोनत्ती गरि बिस्तारै स्टार लिइने पनि उनले जानकारी दिए।

images

महाराजगञ्ज चक्रपथै रहेको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ। सजिलो  लोकेसनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरुले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेलनजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बूढानीलकण्ठ तथा ठेमलदेखि सहजरुपमा पुग्न सक्नेछन्। 

भारतमा दजनौँ चेन होटल सञ्चालनमा ल्याएको लर्डले यसअघि काठमाडौंको बौद्धमा दुईवटा, वीरजञ्ज, नेपालगञ्ज र भैरहवामा एक/एकवटा होटलको व्यवस्थापन गरिसकेको छ।

आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटल विस्तारको योजना राखिएको लर्डस गु्रप नेपालका एसोसियट भाइस प्रसिडेन्ट शैलज एन तेरीले जानकारी दिए। भाइस प्रसिडेन्ट शैलज एन तेरीका अनुसार होटल आपनिङकै अवसरमा सयौँ विदेशी पर्यटकहरुको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन्।

होटलले अन्य विदेशीसँगै विशेषगरी चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरिएको छ। मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ। त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टि क्विजिन) राखिएको छ। साथै, होटलमा ५० जनाभन्दा बढी अटाउने चारवटा हलहरु पनि रहेका छ। तीनवटा ठूला हल निर्माणको क्रममा रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ।

मण्डला नोर्लिङ होटलको रुपटप स्विमिङ पुलको व्यवस्था छ। ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको यो होटलमा भित्री र बाहिरी पार्किङमा करिब तीनसय गाडी अटाउन सक्छ।

होटलको भुइँ तल्लामा पार्टी प्यालेन्स पनि हुनेछ। पछिल्लो समय नेपालमा स्तरीय होटलहरुको संख्या बढिरहेको सन्दर्भमा यो होटलको सञ्चालनले नेपालको पर्यटन विकासमा थोरै भएपनि योगदान दिने अपेक्षा गरिएको छ। 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend