सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

images
आइतबार, मंसिर ९ २०८१
images
माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन्।

images
images

काठमाडौं- माउन्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।

images
images
images

माउन्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा माउन्टेन इनर्जीका सञ्चालक अरुणकुमार केसी र सीता हाइड्रोका अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन्।

images
images

विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो। माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन्। कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो।

images
images

माउन्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला-२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ। दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउन्टेन इनर्जीले हकप्रद सेयर निष्कासन गर्न सक्ने देखिएको छ। 

चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रूपैयाँ रहेको छ। कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ। 

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५३.९६ रूपैयाँ हुन आउँछ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.७७ रूपैयाँ रहेको छ।

मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो। साथै, आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।


प्रकाशित : आइतबार, मंसिर ९ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend