आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र, महाप्रबन्धकमा दाहाल

images
बिहीबार , माघ ६ २०७८
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र, महाप्रबन्धकमा दाहाल

अहिले तराईमा हुस्सु लागेका कारण केही  सयम क्यालिब्रेसन ढिला भएको हो। क्यालिब्रेसनका लागि सबै तयारी प्रा भइसहेको छ।

images
images

काठमाडौं- भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी सुरु गरिएको छ। विमानस्थल सञ्चालनको तयारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख समेत खटाएको छ।

images
images
images

प्राधिकरणले विमानस्थल महाप्रबन्धकको रुपमा गोविन्दप्रसाद दाहाल खटाइएको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी समेत स्वीकृत भइसकेको छ। प्राधिकणसँगै अध्यामगन विभाग, नेपाल प्रहरी, भन्सार विभाग, नेपाली सेनालगायत सबैले आवश्यक जनशक्ति व्यवस्थापनको काम गरिरहेका छन्।

विमानस्थल निर्माणको काम लगभग सम्पन्न भइसकेको छ। विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भइरहेको छ। फागुनको दोश्रो साता भित्र क्यालिब्रेसन उडानको तयारी अहिले भइरहेको इन्जिनियर प्रविण न्यौपानेले जानकारी दिए। अहिले क्यालिब्रसेन उडानका लागि प्राविधिकहरूले तयारी गरिरहेका छन्। 

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले पनि विमानस्थल निर्माणको काम लगभग सकिएको जनाकारी दिए। अब विमानस्थलमा क्यालिब्रेसन उडान हुने र त्यसपछि परीक्षण उडान हुने जानकारी दिए।

images

अहिले तराईमा हुस्सु लागेका कारण केही सयम क्यालिब्रेसन ढिला भएको हो। क्यालिब्रेसनका लागि सबै तयारी भइसहेको छ।

यो विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको हो। विमानस्थल निर्माणका लागि सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग सम्झौता भएको थियो। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आईसीबी-जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो। तर निर्माण कम्पनीको लापरबाहीसँगै भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाका कारण विमानस्थल निर्माणमा ढिलाइ भएको थियो। 

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आईसीबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। सोही अनुसार विमानस्थलको संरचना निर्माण भएको छ। यसैगरी सञ्चार उपकरण जडान लगायतका लागि भने प्राधिकरणले एरो थाइसँग सम्झौता गरेको थियो। अहिले एरोथाईले पनि गर्नुपर्ने सबै काम सम्पन्न गरिसकेको छ। अब एरोथाइले नै क्यालिब्रेसन उडान गर्ने छ। 

विमानस्थल दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडीबीको सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। यसबाहेक विमानस्थल निर्माणका लागि आवश्य जग्गा अधिग्रहणमा समेत २३ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ।

यसरी निर्माणसम्म भएको विमानस्थल सञ्चालनका लागि १५१ कर्मचारीको दरबन्दी स्वीकृत भइसेको छ। कर्मचारी कार्यस्थलमा खटिएका छन्। विमानस्थल प्रमुख (महाप्रबन्धक) को रुपमा गोविन्द प्रसाद दाहाललाई खटाइएको छ। ‘अहिले काम धमाधम काम भइरहेको छ, सवै तहको दरबन्दी समेत सवै पुरा भएर काम भइरहेको छ,’ विमानस्थल प्रमुख दाहालले भने।

प्राविधिक सहित सवैतहका  कर्मचारीले काम गरिरहेको समेत दाहालले जानकारी दिए। प्राधिकरणले माघ २ गते दाहाललाई प्रमुखको रुपमा भैरहवामा खटाएको हो। भन्सार र अध्यागमन विभागले समेत दरबन्दी स्विकृत गरेर तालिम गरिरहेका छन्। यस्तैगरी नेपाल प्रहरी, ससष्त्र प्रहरी र नेपाली सेना समेत कार्यस्थलमा खटिएका छन्।  दाहाललाई प्राधिकरणले हालै १२ औं तहमा बढुवा गरेको थियो।


प्रकाशित : बिहीबार , माघ ६ २०७८१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend