शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ८ २०८१
images
images
केराखेतीबाट वार्षिक १० लाख आम्दानी

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार रुपैयाँ ऋण लिएर केराखेती सुरु गरेको उनले बताए। अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए।

images
images
दोधारा चाँदनी- जिल्लाको बेलौरी नगरपालिका-६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। 
 
राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन्। सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन्। 
 
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार रुपैयाँ ऋण लिएर केराखेती सुरु गरेको उनले बताए। अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए।
 
'केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु', रानाले भने, 'वार्षिक २८ देखि २९ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक १० लाखसम्म आम्दानी हुन्छ।'  केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए।
 
कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए। 'कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ', रानाले भने, 'अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु।'
 
कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे। 'मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु। यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुई/तीन वर्षका लागि मात्रै पाइन्छ', रानाले थपे, 'लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ।' उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए। खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ। 
 
'बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ', रानाले भने, 'ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौँ।' उनले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे।  
 
रानाले दुई जनालाई मासिक तलबमा कामदार राखेका छन् भने खेतीको सिजनको बेला ३०/४० जनालाई रोजगारी दिने गरेको बताए। उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ। 
 
'अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन', रानाले भने, 'स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपदैन।' उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको जानकारी दिए। उनले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताए। रासस


प्रकाशित : शनिबार, मंसिर ८ २०८११४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend