बिहीबार , चैत २१ गते २०८१     १९ : ५८ : १५
बिहीबार , चैत २१ २०८१
images
images

पोखरा विश्वविद्यालयले ल्यायो व्यवस्थापन संकायमा नयाँ पाठ्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ७ २०८१
images
images
पोखरा विश्वविद्यालयले ल्यायो व्यवस्थापन संकायमा नयाँ पाठ्यक्रम

यस कार्यक्रममा फाइनान्समा विशिष्टीकरण कोर्षहरु अनिवार्य हुनुको साथसाथै बैंकिङ, बीमा, कर्पोरेट फाइनान्स र पुँजी बजारमध्ये कुनै दुईवटा विधामा विशिष्टिकरण गर्न सकिन्छ।

images
images

काठमाडौं- पोखरा विश्वविद्यालयको व्यवस्थापन अध्ययन संकायले पाठ्यक्रम परिमार्जन गरेको छ। स्नातक तथा स्नातकोत्तरमा सन् २०२४ देखि लागु हुनेगरी विभिन्न कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको हो। 

images
images

स्नातक तहमा बीबीए (फाइनान्स, ट्राभल) र एमबीए (फाइनान्स, ग्लोबल बिजनेस) का पाठ्यक्रम परिमार्जन गरेको हो। विश्वविद्यालयले बीएचएम र बीसीएसआईटीको कार्यक्रम गत वर्षदेखि नै लागु भइसकेका छन्। 

images
images

बदलिंदो परिवेशअनुसार पाठ्यक्रम परिमार्जन गरिकएको विश्वविद्यालयले जानकारी दिएको छ। बजार सुहाउँदो जनशक्ति उत्पादन हुने उद्देश्यले पाठ्यक्रममा परिमार्जन तथा रुपान्तरण गरिएको हो। 

images
images

स्नातक तहका प्रत्येक सेमेष्टरमा अब प्रयोगात्मक र प्राक्टिकल कोर्स थपिएको छ। परियोजना विकास तथा सामाजिक सहभागिता पनि यसमा थप गरिएको छ। अन्तिम सेमेष्टरमा इन्टर्नसीप पनि राखिएको छ। अन्तिम सेमेष्टर पूरै इन्नर्नसीप राखिएको र यसमा कलेज आउनै नपर्ने भएको छ। रोजगारी तथा व्यवसायमा विद्यार्थीहरू सहभागी हुनसक्ने भएका छन्। 

स्नातक तहमा जम्मा १२० क्रेडिट आवरको कोर्ष, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरु गराइन्छ। यस तहमा ४२ महिना कलेजको कोर्ष वर्क र ६ महिनाको इन्टर्नशिप गरी जम्मा ४८ महिनामा अध्ययन पूरा हुन्छ।

नयाँ पाठ्यक्रम परिमार्जन गर्दा बीबीए-बीआई कार्यक्रमलाई बीबीए (फाइनान्स) नामाकरण गरिएको छ। यस कार्यक्रममा फाइनान्समा विशिष्टिकरण कोर्षहरु अनिवार्य हुनुको साथसाथै बैंकिङ, बीमा, कर्पोरेट फाइनान्स र पुँजी बजारमध्ये कुनै दुईवटा विधामा विशिष्टीकरण गर्न सकिन्छ।

स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु एमबीए, एमबीए (फाइनान्स) र एमबीए (ग्लोबल बिजनेस) मा बजारको आवश्यकता अनुसारका नयाँ कोर्षहरु राखिएको छ। साथै प्राक्टिकम र सेमिनार कोर्षहरु थपिएको हुँदा प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड दिइएको छ। यी कार्यक्रमहरुको अध्ययनको सिलसिलामा इन्डष्ट्री अथवा रिसर्च मध्ये एउटा बाटोमा रोज्न पाईन्छ। जुन नेपालको व्यवस्थापन शिक्षामा नयाँ प्रयोग हो।

इन्डष्ट्री विधामा विद्यार्थीहरुले उद्यमशीलताविकास सँगै नव उद्यम प्रवर्धन गर्न सहयोग पुग्दछ। रिसर्च कार्य पनि गहन र विस्तृत तरिकाबाट सिकियोस भन्ने हेतुले ६ क्रेडिट आवरको गरिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८११८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend