बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा कालोपत्र गर्ने काममा तीब्रता

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ७ २०८१
images
images
मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा कालोपत्र गर्ने काममा तीब्रता

पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ। त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ।

images
images

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो।

images
images

मुग्लिन- पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो।

images
images

हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ। पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ। त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ। 

images
images

पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही  दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए। दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ। 

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ। रासस


प्रकाशित : शुक्रबार, मंसिर ७ २०८१११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend