आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

प्रथम त्रैमासिकको प्रगति समीक्षा : जनताले महसुस हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

images
बिहीबार , मंसिर ६ २०८१
images
प्रथम त्रैमासिकको प्रगति समीक्षा : जनताले महसुस हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन्।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गरेका हुन्।

images
images

प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।

images
images

'भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस्। बैठकहरुको औचित्य सिद्ध गर्नुस्। अर्काे बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस्। सुशासन र विकासमा कुनै कानूनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानूनको संशोधन गर्न पनि तयार छ', प्रधानमन्त्री ओलीले भने, 'हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ। हाम्रो स्रोत साधन जति छन्, तिनीहरुको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ। सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ।'

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरु, मातहतका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend