शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

धरहरादेखि दमक भ्यूटावरसम्म विशिष्ट संरचनामा, सञ्चालनका लागि जारी भयो गठन आदेश

images
बिहीबार , मंसिर ६ २०८१
images
images
धरहरादेखि दमक भ्यूटावरसम्म विशिष्ट संरचनामा, सञ्चालनका लागि जारी भयो गठन आदेश

विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी सरकारले गठन आदेश जारी गरेको जनाएको छ।

images
images

काठमाडौं- सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समित गठन आदेश जारी गरेको छ। गठन आदेश जारी गर्दै सरकारले धरहरादेखि दमक भ्यू टावरसम्मका ६ वटा संरचनालाई विशिष्ट संरचनामा राखेको छ।

images
images

गठन आदेशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सनराइज सभाहल गोदावरी, बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र रुपन्देही र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य संरचनालाई विशिष्ट संरचना तोक्नसक्ने राजपत्रमा उल्लेख छ।

images
images

विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी सरकारले गठन आदेश जारी गरेको जनाएको छ।

images
images

जारी आदेशका नेपाल सरकारले निर्माण गरेको संरचना विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति रहने छ।

समितिमा सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने छन्। समितिमा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, आवास, सहरी विकास मन्त्रालयअन्तर्गतको भवन तथा योजना महाशाखाका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उद्योग वाणिज्य तथा महासंघ वा निजले तोकेको प्रतिनिधि, होटल संघ नेपालका सदस्य र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहने छन्।

समितिले विशिष्ट संरचनाको प्रकृतिको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने वा अन्य मेला प्रदर्शनी आयोजना गर्ने स्थलको सम्बन्धमा आवश्यक व्यवस्था गर्ने र सोबापत शुल्क लगाउने निर्णय गर्ने आदेशमा उल्लेख छ।

यसैगरी विशिष्ट संरचनाको चलअचल सम्पत्तिको रेखदेख, नियन्त्रण, सम्भार र संरक्षणसमेत समितिले गर्ने छ। समितिको दैनिक काम सञ्चालनका लागि एकजना कार्यकारी निर्देशक नेपाल सरकारले नियुक्ति गर्नेछन्।


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend