बुधबार, मंसिर १९ गते २०८१    
images
images

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

images
बिहीबार , मंसिर ६ २०८१
images
images
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।

images
images

काठमाडौं- प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा भोजपुर नगरपालिका-११ घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images

उनले भने, 'पक्राउ परेका दाहालले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी ५० हजारदेखि दुई लाख रूपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौंस्थित शङ्खमुलबाट पक्राउ गरिएको हो।'

images

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend