मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

चितवनमा धान उत्पादन घट्यो

images
बिहीबार , मंसिर ६ २०८१
images
images
चितवनमा धान उत्पादन घट्यो

कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ।

images
images

चितवन- गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ। कृषि विकास कार्यालयका अनुसार यसवर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ।

images
images
images

गतवर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो।

images
images

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो। उक्त कार्यालयले क्रप ‘क्रपकटिङ्’ माध्यमबाट लिएको तथ्यांकअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ। प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ।

images
images
images

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend