शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

images
बुधबार, मंसिर ५ २०८१
images
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

'काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन्। कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ।'

images
images

पाल्पा- रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन्।

images
images
images

रामपुर नगरपालिका-६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराको प्रकोपले सताएको दुखेसो गरे। 'काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन्। कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ।'

images
images

यसैगरी, रामपुर-५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ। व्यावसायिक उत्पादनमा लागेकी उनी पनि कीराले पिरोलिएकी छिन्। उनी भन्छिन्, 'बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ। 

images
images

झुसिल्किराकोे प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ। पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए। ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर ५ २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend